२ असार २०८३, मंगलबार

यस्तो छ भायनेटको ‘महा महोत्सव’ अफर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । इन्टरनेट सेवा प्रदायक भायनेट कम्युनिकेसनले यस वर्षको चाडपर्वको अवसरमा ‘भायनेट महा महोत्सव’ अफर सार्वजनिक गरेको छ । ग्राहकहरूको लागि थप स्पिड, बचत र रोमाञ्चक अफर ल्याउँदै भायनेटले आफ्नो अफरलाई अझै आकर्षक बनाएको छ।

यस महोत्सवअन्तर्गत ग्राहकले १२५ एमबीपीएसको सट्टा त्यही मूल्यमा २०० एमबीपीएस स्पिड प्राप्त गर्न सक्छन् वार्षिक ८९९९ रुपैयाँमा । भायनेटले आफ्ना अहिलेका १२५ एमबीपीएस सस्क्राइब गर्ने वर्षिक ग्राहकलाई पनि २०० एमबीपीएसमा अपग्रेड गरिसकेको छ।

साथै, भायनेटले ग्राहकको घरभरि वाईफाई कभरेज बढाउनका लागि जेडटीईको मेस वाईफाईमा अफर ल्याएको छ । ग्राहकहरूले मेस वाईफाई राउटरमा २ वटा सेटलाई १ को मूल्यमा पाउन सक्नेछन्, जसको लागि मात्र ३००० रुपैयाँ (भ्याट सहित) अतिरिक्त तिर्नुपर्नेछ । यो मेस अफर भायनेटका २०० एमबीपीएस वा माथिका वार्षिक ग्राहकलाई मात्र सीमित रहेको छ । त्यति मात्र होइन, भायनेटका तीन महिनाभन्दा माथि नवीकरण अथवा नयाँ जडान गर्ने ग्राहकहरुले ग्लोबल नम्बर २ टीभी ब्राण्ड, हिसेन्सको टीभी, फ्रिज, वासिङ मेसिन जस्ता इलेक्ट्रोनिक्स सामानहरूमा २८ प्रतिशतसम्म डिस्काउन्ट पनि प्राप्त गर्न सक्नेछन् ।