६ असार २०८३, शनिबार

स्टेफानो पिओली बने अल नासरको मुख्य प्रशिक्षक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । साउदी क्लब अल नासरले स्टेफानो पिओलीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । अल नासरले पिओलीलाई प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।

५८ वर्षीय इटालियन प्रशिक्षक पिओली यसअघि २०१९ देखि गत मेसम्म इटालियन क्लब एसी मिलानको प्रशिक्षक थिए । उनले मिलानलाई २०२१-२२ सिजनमा इटालियन सिरी ए जिताएका थिए । उनले आफ्नो प्रशिक्षण क्यारियरमा इन्टर मिलान, लाजियो, फियोरेन्टिना जस्ता क्लबको प्रशिक्षक बनेका थिए ।

अल नासरले यस सिजनमा क्लबले खराब सुरुवात गरेपछि मुख्य प्रशिक्षक लुइस कास्ट्रोलाई बर्खास्त गरेको थियो ।