
काठमाडौं, ३ असोज । अफगानिस्तानले दक्षिण अफ्रिकालाई एकदिवसीय क्रिकेटमा पहिलो पटक पराजित गरेको छ । जारी एकदिवसीय सिरिजको पहिलो खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो ।
दक्षिण अफ्रिकाले दिएको केवल १०७ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २६ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३३.३ ओभरमा अल आउट हुँदै केवल १०६ रन बनाएको थियो ।
यो जितपछि अफगानिस्तान २ खेलको सिरिजमा १-० ले अगाडि रहेको छ ।
युएईको शारजहामा जारी सिरिजको दोस्रो खेल शुक्रबार हुँदैछ ।








प्रतिक्रिया