
काठमाडौं, २ असोज । लुमिनस इन्भर्टर एवं सोलार ब्याट्रीको एकमात्र आधिकारिक वितरक एमट्रेड प्रालिले डिलर मिट २०२४ कार्यक्रम सम्पन्न गरेको छ । ब्राइटर विद लुमिनस नाम दिइएको कार्यक्रम गत भदौ २७ गते आयोजना गरिएको हो । कार्यक्रममा एमट्रेड प्रालिका नेपालभरी रहेका डिलरहरु, प्रतिनिधिहरु र लुमिनस इन्डियाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा लुमिनस इन्डियाका उपाध्यक्ष रेभानन्द अन्धलेलगायत अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने एमट्रेड प्रालिका सञ्चालन प्रमुख योगराज ढुगांना तथा अन्य प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।
पावर व्याकअप सोलुसनमार्फत नेपालमा योगदान पुर्याएको एक दशक पूरा भएकोमा सम्पूर्ण ग्राहकवर्ग, च्यानल पार्टनरहरु तथा एमट्रेड प्रालि परिवारलाई धन्यवाद ज्ञापन गर्नुहुँदै सञ्चालन प्रमुख योगराज ढुगांनाले भन्नुभयो, ‘यस प्रकारको साथ र सहयोगले हामीलाई थप जिम्मेवार बनाएको छ साथै अझै परिस्किृत ढंगले अघि बढ्ने हौसला मिलेको छ ।’ यस अवसरमा लुमिनस ब्राण्डको उत्पादनहरु, बजार अवस्था तथा भविष्यको रणनीतिलगायतका महत्वपूर्ण विषयहरुमा वक्ताहरुले चर्चा एवं छलफल पनि गर्नुभएको थियो । साथसाथै, विभिन्न विधामा उत्कृष्ट कार्य गर्न सफल डिलरहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । साथै, लक्की ड्रमार्फत एक जोडीलाई दुवाई टुर प्याकेज पनि प्रदान गरिएको कम्पनीले जनाएको छ ।

यस कार्यक्रमले लुमिनस ब्राण्डका व्यवसायिक साझेदारहरुबीचको सम्बन्धलाई अझ बढी आत्मियता र बलियो सम्बन्ध बनाउन सफल भएको कम्पनीले जनाएको छ ।








प्रतिक्रिया