३१ जेष्ठ २०८३, आइतबार

महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच अन्तरदेशीय क्युआर पेमेन्ट प्रवर्द्धनको सहकार्य

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको प्रवर्द्धन गर्न सहकार्य भएको छ । मंगलबार एक कार्यक्रमकाबीच सहकार्यको विधिवत रुपमा सुरुवात गरिएको हो ।

यसअन्तर्गत फोन पेसँगको सहयोगमा भारतीय नागरिकहरुले भारतीय भुक्तानी सेवा प्रदायकहरु जस्तै भिमपे, युपिआई, फोनपे, गुगलपेलगायतको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी मनकामना दर्शन गर्न लाग्ने शुल्कको भुक्तानी गर्न सक्नेछन् ।

मनकामना मन्दिर दर्शन भारतीय धार्मिक पर्यटकहरुको पहिलो रोजाइको रुपमा रहेकोले डिजिटल भुक्तानीमासमेत उल्लेख्य रुपमा वृद्धि हुने विश्वास लिइएको छ । यस्ता कार्यबाट नेपाल र भारतबीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाईमा पुर्‍याउन, नेपालको आर्थिक तथा पर्यटन विकासमा सहयोग पुर्‍याउन तथा नेपाल सरकार साथै नेपाल राष्ट्र बैंकले अख्तियार गरेको डिजिटल नेपालको अभियानलाईसमेत यस्तो अभियानले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

यसअघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । डिजिटल भुक्तानीका माध्यमहरुको नविनतम प्रयोगप्रति बैंक सधै प्रतिवद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमासमेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।