काठमाडौं, २ असोज । नेपाल टेलिकमले संविधान दिवस २०८१ को अवसरमा आफ्ना ग्राहकहरुका लागि विशेष अफर ल्याएको छ । यो अफर असोज २ देखि ४ गतेसम्म उपलब्ध हुनेछ ।
अफरअन्तर्गत ग्राहकहरुले ४९ रुपैयाँमा एक दिनको लागि १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र १०० मिनेट कल गर्न सक्नेछन् ।
यसैगरी, विभिन्न डाटा प्याकेजहरु पनि उपलब्ध छन् । १११ रुपैयाँमा ५ दिनका लागि ६ जीबी, १९९ रुपैयाँमा ७ दिनका लागि १३ जीबी, २९९ रुपैयाँमा १२ दिनका लागि २० जीबी र ३९९ रुपैयाँमा १५ दिनका लागि ३० जीबी डाटा प्याकेज लिन सकिन्छ ।
यही अफरअन्तर्गत फेस्टिभ कम्बो प्याक पनि ७८९ रुपैयाँमा उपलब्ध छ । यो प्याकेजमा प्रिपेड ग्राहकका लागि २८ दिन र पोस्टपेड ग्राहकका लागि ३० दिनसम्म चलाउन सकिने ३० जीबी डाटा, सबै नेटवर्कमा ६०० मिनेट कल र अल नेट २०० एसएमएस सुविधा समावेश छ । पोस्टपेड ग्राहकहरुले यो प्याकेज लिँदा मासिक रेन्टल चार्जबाटै यो शुल्क कट्टा हुने सुविधा पाउनेछन् ।
ग्राहकहरुले असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*6# डायल गरेर वा नेपाल टेलिकम एपमार्फत यी प्याकेजहरु खरिद गर्न सक्नेछन् ।