२३ जेष्ठ २०८३, शनिबार

मिलानमाथि लिभरपुलको सहज जित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । युइएफए च्याम्पियन्स लिगअन्तर्गत लिभरपुलले विजयी सुरुवात गरेको छ ।

गएराति सम्पन्न खेलमा लिभरपुलले एसी मिलानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा इब्राहिम कोन्टे, भर्गिल भान डाइक र डोमिनिक स्जोबोस्जलाईले एकएक गोल गरेका थिए ।

त्यस्तै, मिलानका लागि एक गोल क्रिस्टियन पुलिसिकले एक गोल गरेका थिए ।

अब लिभरपुलले अर्को खेल अक्टोबर ३ मा बोलोंग्नासँग खेल्ने तालिका रहेको छ भने एसी मिलानले अब अर्को खेल अक्टोबर २ मा बायर लिभरकुसनसँग खेल्ने तालिका रहेको छ ।