
काठमाडौं, २ असोज । युइएफए च्याम्पियन्स लिगअन्तर्गत रियल म्याड्रिडले विजयी सुरुवात गरेको छ ।
गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले जर्मनी क्लब भिएफबी स्टुट्टगार्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे, एन्टोनियो रुडीगेर र एनड्रीकले एकएक गोल गरेका हुन् ।
त्यस्तै, स्टुट्टगार्टका लागि डेनिज उनडाभके एक गोल गरेका थिए ।
रियल म्याड्रिडले अब च्याम्पियन्स लिगमा अर्को खेल अक्टोबर ३ मा फ्रेन्च क्लब लिलीसँग खेल्ने तालिका रहेको छ ।
त्यस्तै, भिएफबी स्टुट्टगार्टले अर्को खेल अक्टोबर १ मा स्पार्ट प्राहसँग खेल्ने तालिका रहेको छ ।








प्रतिक्रिया