१८ असार २०८३, बिहिबार

सामसङको ‘भव्य दशैं तिहार, घरभरि उपहार’ अफर सार्वजनिक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । चाडपर्वको अवसर नजिकिँदै गर्दा प्रविधि र नवप्रवर्तनको विश्वको अग्रणीमा रहेको सामसङले ‘भव्य दशैं तिहार, घरभरि उपहार’ अफर सार्वजनिक गरेको छ । यो अफर आगामी कार्तिक ३० सम्म नेपालमा सञ्चालन हुने सामसङले जनाएको छ । यो अफरअन्तर्गत ग्राहकहरूलाई ३१ प्रतिशतसम्मको छुटमा नवीनतम सामसङ टिभीहरू र घरेलु उपकरणहरू घरमा ल्याउन र चुनिएका सामसङ टिभीहरू खरिद गर्दा १२ महिनासम्मको निःशुल्क वर्ल्डलिङ्क इन्टरनेट र नेट टिभी सब्स्क्रिप्सन पाउने र चुनिएका सामसङ फ्रन्ट लोड वाशिङ मेसिनको खरिद गर्दा निःशुल्क ६ केजी सर्फ एक्सेल म्याटिक पाउने जस्ता आकर्षक उपहारहरूको लाभ उठाउन सक्ने छन् ।

यी चाडपर्वका अफरहरू हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालित सामसङको इन्स्टा फाइनान्स सेवाबाट प्राप्त गर्न सकिन्छ जसद्वारा ग्राहकहरूलाई १८ महिनासम्मको विस्तारित अवधिका लागि ० प्रतिशत ब्याज ईएमआईमा नवीनतम सामसङ टिभीहरूको खरिद गर्न सकिन्छ । इन्स्टा फाइनान्स लोन लिनको लागि डाउन पेमेन्ट गर्नुपर्छ । नागरिकता मात्र लिएर इन्स्टा फाइनान्स लिन सकिन्छ । थप रूपमा, ग्राहकहरूलाई अर्कोस्टोरबाट माथि उल्लिखित सामसङ उत्पादनहरूका लागि आफ्ना पुराना इलेक्ट्रोनिक्स अप्लाएन्सहरू वा टिभीहरू एक्सचेन्ज गरी नयाँ सामसङ टिभी वा होम अप्लाएन्सहरू किन्ने सुविधा उपलब्ध रहेको सामसङले जनाएको छ ।