४ श्रावण २०८३, सोमबार

इसेवाको दशैं-तिहार अफरमा जुनसुकै कारोबार गर्दा कारदेखि आइफोन १६ जित्ने मौका

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले यसपालिको दशैं-तिहार र छठ पर्व लक्षित गरेर ‘इसेवा महाउत्सवः इसेवाको कारोबारमा नामीको दामी कार’ अफर सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत असोज १ देखि कार्तिक ३० गतेसम्म इसेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरू मध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन् ।

कार जित्न योग्य हुनको लागि आफ्नो आवश्यकता अनुरूप इसेवाका जुनसुकै सेवाको प्रयोग वा इसेवाबाट कारोबार गर्दा बम्पर उपहार जित्ने सकिनेछ । यसका साथै, १०० रुपैयाँको खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले आइफोन १६ पनि जित्न सक्नेछन् । मात्र १०० रुपैयाँमा यो खेल खेल्न सकिनेछ भने त्यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रुपमा फिर्ता नै पाउनेछन् ।

त्यसैगरी, दैनिक र साप्ताहिक रुपमा पनि आकर्षक अफर र उपहार जित्न सकिने कम्पनीले जनाएको छ । दैनिक अफरअन्तर्गत अफरको समयावधिमा हरेक दिन निर्धारित समयको लागि फ्ल्यास सेलको रुपमा अफर आउने छ । सेलमा प्रयोगकर्ताहरुले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्नेछन् ।

साप्ताहिक रुपमा आउने अफरमा भने हरेक हप्ताको मंगलबार इसेवाका विभिन्न सेवाहरुः मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पीकर खरिद, बीमा भुक्तानीलगायतका सेवाहरूमा विशेष छुट तथा क्यासब्याक पाउन सक्नुहुनेछ । यी अफरहरूबारे थप जानकारीहरु इसेवाको फेसबुक, इन्स्टाग्राम पेजलगायतका आधिकारिक सामाजिक सञ्जालहरूमार्फत प्राप्त गर्न सकिने इसेवाले जनाएको छ ।