६ श्रावण २०८३, बुधबार

मेयर गोपाल हमाललाई स्काईवेलको प्रिमियम एसयूभी डेलिभरी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । नाडा अटो शो २०२४ मा स्काईवेलको नेपालका लागि आधिकारिक वितरक जी मोटर्स प्रालिले १२६ युनिट बुकिङ प्राप्त गरेको थियो । त्यसमध्ये एउटा बुकिङ धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको पनि थियो ।

बुकिङअनुसार जी मोटर्स प्रालिका एजिम नविन फुँयाल र सेल्स अफिसर (बिक्री अधिकृत) शिरिष श्रेष्ठले धनगढीमै पुगेर नेपालकै सर्वाधिक रेन्ज ६२० किलोमिटर दिने स्काईवेलको प्रिमियम इलेक्ट्रिक सवारी मेयर हमाललाई हस्तान्तरण गरिएको कम्पनीका कार्यकारी निर्देशक पारसमणि गेलालले जानकारी दिनुभयो ।

मेयर हमालले नाडा अटोशोमा उपलब्ध विद्युतीय सवारीमध्ये स्काईवेलकै प्रिमियम र लामो रेन्ज रोज्नुको कारण नेपालको सडकमा १९७ यमयम ग्राउन्ड क्लियरेन्स भएको, सबैभन्दा बढी रेन्ज दिने र धेरै सुविधा सम्पन्न जिप, त्यो पनि इभीमा प्राप्त हुनु र युरोपेली बजारमा उत्कृष्ट बिक्री भइरहेको गुणस्तरयुक्त भएकोले रोज्नुभएकोमा जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले हार्दिक कृतज्ञता एवं धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले आगामी दिनमा कम्पनीले बिक्री गरेका १५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको यस प्रिमियम विद्युतीय सवारीले नेपाली बजार र ग्राहकमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

हाल नेपालमा ४० भन्दा बढी स्काईवेलका ईटी५-६२० किलोमिटर प्रिमियम विद्युतीय एसयूभी बिक्री वितरण भइसकेका छन् भने नाडामा १२६ र त्यसपछिका बुकिङ गरी १५० भन्दा बढी बुकिङ रहेको छ । ईटी५, बिई ११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किलोमिटर रेन्ज दिने प्रिमियम एसयूभी बिक्रीका लागि उपलब्ध छन् ।

नेपाली ग्राहकले युरोपेली बजारमा अत्यधिक रुचाइएको स्काईवेलका प्रिमियम सवारीको गुणस्तर, परफर्मेन्स र उच्च १५० किलोवाट पावरको अनुभव गर्दै नेपालका सबै किसिमका भू-भागमा सहजै यात्रा गर्न सक्नेछन् ।

स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्डमा बिक्री हुँदै आएको र नेपालमा पनि युरोपेली गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादक कम्पनी हो ।