
काठमाडौं, ३१ भदौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जनकपुरस्थित मिथिला यात्री निवासमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमा शुल्क संकलन गरी मधेश प्रदेशबााट योग्य हुनुभएका १५० जना भन्दा बढी अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गर्नुहुँदै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा मधेश प्रदेशबाट सिईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिईओ क्लब सदस्यता वितरण गरिएको थियो भने मधेश प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम द्धितिय र तृतिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले मधेश प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको थियो ।
समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन थप लगानी गर्ने जानकारी गराउनु हुँदै यसमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सधै प्राथमिकतामा राख्ने प्रतिबद्धताासमेत व्यक्त गर्नुभयो साथै, सिईओ क्लब र नेशनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेशस्तरीय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजनाअनुसार मधेश प्रदेशमा पहिलो सम्मान कार्यक्रम राखिएको जानकारी गराउनुभयो ।
सम्मानित बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताउनुभएको थियो ।








प्रतिक्रिया