१९ असार २०८३, शुक्रबार

सिटी एक्सप्रेसले ल्यायो ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा’ योजना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित विशेष योजना ल्याएको छ ।

सिटी एक्सप्रेस १८ वर्ष प्रवेश गरेको अवसरसँगै कम्पनीले लगातार ९० दिन सम्म चल्ने “१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा” उपहार योजना घोषणा गरेको हो । कार्यक्रममा र्चिर्चत हास्यकलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिती रहेको थियो ।

सिटी एक्सप्रेसको उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना दुईजनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता दुईजनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही पाँचसयको वालेट टप्अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउनुहुनेछ ।

कम्पनीका अनुसार यो उपहार योजना असोज १ देखि मङ्सिर ३० गते सम्म लागु हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सेवाग्राही उपहार योजनामा सहभागी हुनुहुनेछ । उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने कम्पनीले स्पष्ट पारेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।