२५ असार २०८३, बिहिबार

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ५७ हजार ३ सय रुपैयाँ

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

सोमबार सुन तोलामा ५ सयले बढेर तोलाको १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएर नयाँ रेकर्ड बनेको हो । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि आइतबार पनि सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । आइतबार छापावाला सुनको मूल्य तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।