
काठमाडौं, ३० भदौ । प्रभु बैंक लिमिटेडले आफ्नो सेवा परिस्कृत गर्ने क्रममा गण्डकी प्रदेश कार्यालय पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना गरेको छ ।
बैंकले स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरुका लागि आवश्यक शैक्षिक कर्जा सहज तथा सरल रुपमा उपलब्ध गराउने उद्देश्यले गण्डकी प्रदेश कार्यालय पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना गरेको हो । स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको लागि प्रदेशस्तरबाट उपलब्ध हुन सक्ने सहज भूमिकालाई मध्यनजर गर्दै प्रभु बैंक गण्डकी प्रदेश कार्यालयअन्तर्गत विभाग स्थापना गरिएको हो । हाल नेपालबाट उच्च शिक्षा हासिल गर्नको लागि विद्यार्थीहरु विभिन्न देशका कलेज तथा विश्वविद्यालयमा भर्ना हुनका लागि आवश्यक वित्तीय लागत परिपूर्ति गर्नको लागि आवश्यक पर्ने कर्जाको सहज उपलब्धतामा टेवा पुग्ने विश्वास गरिएको छ ।
सिमित वित्तीय स्रोत साधनका कारण आफ्ना सन्ततिहरुलाई उच्च शिक्षा प्रदान गर्नबाट बञ्चित रहेको समसामयिक परिप्रेक्षलाई मध्यनजर गरी छिटो छरितो र सहज तरिकाले शैक्षिक कर्जा प्रदान गर्ने हेतुले प्रभु बैंक गण्डकी प्रदेश कार्यालयअन्तर्गत शैक्षिक केन्द्र स्थापना गरी बैंकको सेवालाई थप प्रभावकारी बनाइने बैंकले जनाएको छ । शैक्षिक कर्जा सुविधा उपभोग गर्नका लागि यस बैंकको प्रदेश कार्यालयको शैक्षिक केन्द्र तथा गण्डकी प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयहरुमा सम्पर्क राखी ५ दिनभित्रै कर्जा स्वीकृत हुने व्यवस्था मिलाएको छ । शैक्षिक केन्द्रको उद्घाटन प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचनले गर्नुभएको थियो ।
प्रभु बैंकले आफ्नो बैंकको सेवालाई परिस्कृत गर्दै जाने क्रममा गण्डकी प्रदेश कार्यालयअन्र्तगतका सम्पूर्ण शाखा कार्यालयहरुबाट सरल र सहज रुपमा नियमित बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।
शैक्षिक केन्द्रको स्थापना पश्चात विद्यार्थी तथा अभिभावकहरुलाई थप सहज र उत्कृष्ट सुविधा प्राप्त हुने विश्वास बैंकले लिएको गण्डकी प्रदेश प्रमुख राजु रानाले बताउनुभएको छ ।
शैक्षिक केन्द्रले शैक्षिक कर्जा तथा त्यससँग सम्बन्धित विषयहरुको मात्रै समेटने भएकोले शाखा तथा शैक्षिक केन्द्रबाट प्रारम्भ गरिने कर्जाको प्रक्रिया अत्यन्तै छिटो तथा प्रभावकारी हुने बताइएको छ । बैंकको गण्डकी प्रदेशअन्तर्गत ५५ वटा शाखा कार्यालय सञ्चालनमा छन् ।








प्रतिक्रिया