२९ असार २०८३, सोमबार

सुनको मूल्य अहिलेसम्मकै उच्च

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।

आइतबार सुन तोलामा ५ सयले बढेपछि तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएर अहिलेसम्मकै उच्च बनेको हो । यसअघि गत भदौ २८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ६० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।