१६ असार २०८३, मंगलबार

एन्फालाई प्रादेशिक संरचना पेश गर्न पुनः सात दिनको समय

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई आफ्नो प्रदेशिक संरचना निर्माणबारे सात दिनभित्र राखेपमा पेश गर्न पुनः पत्रचार गरेको छ ।

राखेपका सदस्यसचिव एवं कार्यकारी समितिका संयोजक टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो । एन्फाले २०७९ असार १५ गतेसम्म प्रदेश संरचना निर्माण गरी राखेपमा पेश गर्ने प्रतिबद्धता जनाएपनि हालसम्म पटक-पटक पत्रचार गर्दा पनि पेश गरेको छैन ।

२०७९ असार १५ गतेसम्म प्रदेश संरचना निर्माण गरी पेश गर्ने प्रतिबद्धता अनुरुप राखेपले एन्फालाई २०७९ जेठ ३० गते साधारण सभा तथा निर्वाचन गर्न स्वीकृति दिएको थियो ।