२४ जेष्ठ २०८३, आइतबार

भेनस हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं-११, मध्यबानेश्वरस्थित भेनस हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहकाबीच भेनस हस्पिटलका जनरल म्यानेजर मनीषा ढकाल र प्रभु बैंकका बाग्मती प्रदेश क्षेत्र नं. १ का प्रमुख दिपेन्द्रबाबु विष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएको छ । समारोहमा प्रभु बैंक बानेश्वर शाखा प्रमुख रचिता विष्ट र भेनस हस्पिटलकी प्रशासन प्रमुख मनीषा न्यौपानेसमेतको उपस्थित रहेको थियो ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले भेनस हस्पिटलमा उपचार सेवा लिँदा फार्मेसी, हेल्थ प्याकेज, डाईग्नोष्टिकअन्तर्गतका सेवाहरुमा ७ प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआरबाटसमेत भुक्तानी गर्न सक्नेछन् । साथै, भेनस हस्पिटलले अन्तरङ्ग तथा बहिरङ्ग, रेडियोलोजी, प्याथोलोजीलगायतका सेवासमेत प्रदान गर्दे आइरहेको छ ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३”को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर रहेका छन् । बैंकका करिब ३१ लाख भन्दा बढी ग्राहकहरु छन् ।