
ललितपुर, २७ भदौ । नेपालको अग्रणी व्यावसायिक बैंक सिटिजन्स बैंकले फोनपेसँगको साझेदारीमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्डको सुरुवात घोषणा गरेको छ ।
सिटिजन्स फोनपे क्रेडिट कार्ड नेपालको आफ्नै कार्ड स्किम हो । यो नयाँ समाधानले नेपालमा पहिलोपटक क्यूआर भुक्तानी र क्रेडिटको लचकतालाई पूर्णतया भर्चुअल बनाएको छ । यसले प्रयोगकर्तालाई सहज र सुरक्षित भुक्तानी अनुभव प्रदान गर्दै, आफ्नो कारोबार सजिलै व्यवस्थापन गर्ने सुविधा दिन्छ ।
सिटिजन्स फोनपे क्रेडिट कार्डले प्रयोगकर्तालाई निम्न सुविधाहरू प्रदान गर्छः
१. तत्काल कार्ड जारी गर्न सकिनेः सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपबाट केही सेकेन्डमै आफ्नो कार्ड प्राप्त गर्न सकिने
२. स्क्यान र भुक्तानीः नयाँ सिटिजन्स फोनपे क्रेडिट कार्ड द्वारा १४ लाख भन्दा बढी फोनपे मर्चेन्टहरूमा सजिलै स्क्यान गरेर भुक्तानी गर्न सकिने
३. खर्च ट्र्याकिङ गर्न सकिनेः आफ्नो मासिक बजेटमा रहेर वास्तविक समयमा आफ्ना खर्चहरू ट्र्याक गर्न सजिलो हुने
४. ४५ दिनसम्म ब्याज-मुक्त क्रेडिट अवधि पाइनेः ४५ दिनसम्म ब्याज(मुक्त क्रेडिट अवधि प्राप्त गर्दै आफ्नो आर्थिक लचकतालाई उच्च स्तरमा अनुभव गर्न सकिने
५. भुक्तानीको धेरै विकल्प पाइनेः ग्राहकले चाहे अनुसार पूर्ण रकम वा न्यूनतम भुक्तानी गर्न सकिने
विशेष योजनाः ५० प्रतिशत तत्काल क्यासब्याक अफर
सुरुवाती अवसरमा सिटिजन्स बैंकले सिटिजन्स फोनपे क्रेडिट कार्डको प्रयोग गरेर भएका कारोबारहरूमा प्रति प्रयोगकर्ता ५० प्रतिशत (१,००० रुपैयाँ)सम्मको रकमको क्यासब्याक अफर प्रदान गर्दैछ । यो सीमित समयको अफर आजबाट सुरु हुने र सबै योग्य सिटिजन्स फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने बैंकले जनाएको छ । यस अफरले ग्राहकहरूलाई सिटिजन्स फोनपे क्रेडिट कार्डको सुविधाहरू अनुभव गर्न ठूलो अवसर प्रदान गर्ने बैंकले जनाएको छ ।
सिटिजन्स बैंकका सिइओ गणेशराज पोखरेलले फोनपेसँगको सहकार्यमा यो नयाँ क्रेडिट कार्डको सुरुवातलाई लिएर आफ्नो उत्साह व्यक्त गर्दै भन्नुभो, ‘हामी फोनपे सँगको साझेदारीमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौँ, जुन फोनपे मर्चेन्टहरूमा स्क्यान र पेमेन्ट गरी प्रयोग गर्न सकिन्छ । यो कदमले हाम्रा ग्राहकहरूको क्रेडिट र भुक्तानीको प्रक्रियालाई पूर्ण रूपमा परिवर्तन गर्नेछ । यो नविन समाधान हाम्रो अत्याधुनिक, ग्राहकमुखी वित्तीय सेवाहरु प्रदान गर्ने प्रतिबद्धताको प्रमाण हो । आजको डिजिटल युगमा , वित्तीय कारोबारमा सजिलो, सुरक्षा, र लचकता झनै महत्वपूर्ण भएको छ । सिटिजन्स बैंकमा हामी सधै नयाँ सेवाहरु सञ्चालनमा लेराउने कार्यमा तल्लिन छौँ र यस्ता उपलब्धिले हामीलाई नेपालको बैंकिङ क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न मद्दत गरेको छ । हामीले यसै सेवासँगै डिजिटल परिवर्तनको यात्रामा निरन्तर अघि बढ्ने प्रतिबद्धता देखाएका छौँ, जसबाट हाम्रा ग्राहकहरूले सबैभन्दा उन्नत वित्तीय समाधानहरूको फाइदा लिन सकून् ।’
फोनपेका सिइओ दिवस कुमारले भन्नुभयो, ‘फोनपेमा, हामी ग्राहकहरूको अनुभवलाई अझ राम्रो बनाउन प्रतिबद्ध छौँ र नेपालकै आफ्नै भर्चुअल क्रेडिट कार्ड प्रस्तुत गर्न पाउँदा खुसी छौँ । यो कार्डले ग्राहकहरूलाई डिजिटल भुक्तानीमा थप सजिलो अनुभव दिनेछ । नेपालमा क्रेडिट कार्डको प्रयोग २ प्रतिशतभन्दा कम भएको अवस्थामा, हाम्रो भर्चुअल क्रेडिट कार्डले यो कमी पूरा गर्दै स्थानीयदेखि ठूला व्यापारीहरू सम्मको नेटवर्कमा तुरुन्त पहुँच पुर्याएको छ । यो केवल नयाँ सेवाको सुरुवात नभई सम्पूर्ण नेपाली उपभोक्ताको बदलिँदो आवश्यकतालाई ध्यानमा राखेर लचक र अनुकूल समाधान सिर्जना गर्ने प्रयास हो । यसले उपभोक्ता र व्यवसाय दुवैलाई डिजिटल युगमा सशक्त बनाउन सहयोग पुर्याउँदै, थप समावेशी र अन्तर सम्बन्द वित्तीय प्रणाली निर्माण गर्ने लक्ष्य राखेको छ ।’








प्रतिक्रिया