२२ असार २०८३, सोमबार

थकाली लङ्ग ग्रेन बास्मती चामल खरिदमा कार, मोटरसाइकल र अन्य उपहार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । सेञ्चुरी फुडको थकाली लङ्ग ग्रेन बास्मती चामलको हरेक बोरा खरिद गर्दा ग्राहकहरुले हात खाली नजानेगरी उपहार पाउने भएका छन् ।

आँउदो चाडपर्वको उपलक्ष्यमा थकाली लङ्ग ग्रेन बास्मती चामलले यो योजना ग्राहकहरु माझ लिएर आएको हो । योजनाअन्तर्गत ग्राहकहरुकले हरेक चामलको बोरामा हात खाली नजाने गरी उपहारहरु पाउन सक्नेछन् भने भाग्यशाली ग्राहकहरुले चामलको बोरा खरिदमा मोटरसाइकलदेखि कारसम्म पनि पाउन सक्नेछन्।

शनिबार थकाली लङ्ग ग्रेन बास्मती चामलले आयोजना गरेको डिलर्स मिटमार्फत योजनाको घोषणा गरेको हो ।

कम्पनीकाअनुसार हरेक बोरामा आकर्षक उपहारहरु राखिएका छन् भने माइक्रोवेभ ओभन, वासिङ्ग मेशिन, रेफ्रीजिरेटर, स्मार्टफोन, स्मार्टवाचका साथसाथै किचेन युटेन्सिल्स गरी विभिन्न प्रकारका उपहार ग्राहकहरुले‌ पाउन सक्नेछन् । साथै, केही भाग्यशाली ग्राहकहरुले थकाली लङ्ग ग्रेन बास्मती चामलको खरिदमा उपहार स्वरुप मोटरसाइकल र गाडी पनि पाउन सक्नेछन् ।

कार्यक्रममार्फत नै कम्पनीले आफ्ना डिलरहरुको उल्लेखनीय योगदानको कदर गर्दै आफ्ना डिलर हरुलाई उनीहरुको दक्षता अनुसार थाइल्याण्ड, बाली तथा सिङ्गापुर भ्रमणलगायत एशियाकै लक्जरी क्रुजको आनन्द लिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । डिलरहरुको दक्षता र प्रतिवद्धता अनुसार डिलरहरुलाई थाइल्याण्ड वा बाली वा सिङ्गापुर भ्रमणमा पठाइने र भ्रमण अवधिभरको खाने(बस्ने सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने कम्पनीले जनाएको छ ।