२१ असार २०८३, आइतबार

पराग्वेसँग ब्राजिल स्तब्ध

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गत ब्राजिल पराग्वेसँग पराजित भएको छ ।

बुधबार बिहान सम्पन्न खेलमा पराग्वेले ब्राजिललाई १-० गोल अन्तरले पराजित गरेको हो । पराग्वेको जितमा खेलको २०औं मिनेटमा डिएगो गोमेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो पराग्वेको विश्वकप छनोटमा दोस्रो जित हो । यो जितपछि ८ खेलमा ९ अंकसहित पराग्वे सातौं स्थानमा रहेको छ ।

त्यस्तै, जारी विश्वकप छनोटमा ब्राजिलको यो चौथो हार हो । ब्राजिलले ८ खेलमा ३ जित हासिल गरेको छ भने एक खेल बराबरी खेलेको छ । यो खेलपछि ब्राजिलको ८ खेलमा १० अंक रहेको छ र अंक तालिकामा पाँचौं स्थानमा छ ।