
काठमाडौं, २५ भदौ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’मार्फत सामसुङका सबै प्रकारका मोबाइल फोन अब ‘बाइ नाउ पे लेटर’ फिचरमार्फत शून्य प्रतिशत ब्याज इएमआईमा खरिद गर्न सकिने सुविधा सार्वजनिक गरिएको छ ।
हुलास फिन सर्भसँगको सहकार्यमा ल्याइएको यस अफरअन्तर्गत आइएमई पे का प्रयोगकर्ताहरूले ४० प्रतिशत डाउन पेमेन्ट गरी सामसुङको जुनसुकै प्रकारका मोबाइल फोन शून्य प्रतिशत ब्याज इएमआईमा खरिद गर्न सक्नेछन् ।
हालको लागि काठमाडौं, ललितपुर र भक्तपुर गरी उपत्यकाका तीनवटा जिल्लाहरुमा मात्रै लागु गरिएको यो सुविधाको फाइदा उठाउन सेवाग्राहीहरुले आइएमई पे एपमा रहेको ‘बाइ नाउ पे लेटर’ अप्सनमा गई सोधिएको विवरण भरेर आफूले चाहेको मोबाइल फोन छनौट गरी ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ । यस पश्चातको सम्पूर्ण प्रक्रियाको जानकारी एपमार्फत प्राप्त गर्न सकिन्छ । डाउन पेमेन्ट पछिको इएमआई भुक्तानी सेवाग्राहीहरुले आफ्नो आइएमई पे वालेटबाट गर्न सक्नेछन् ।
परम्परागत वित्तिय सेवालाई डिजिटलाईज गर्दै आइएमई पेले विभिन्न भुक्तानी सेवाहरुलाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीहरुलाई थप सुविधा प्रदान गर्दै आएको छ । आइएमई पे आफ्ना प्रयोगकर्ताहरूलाई वालेटमा ब्याज, भर्चुअल भिसा कार्ड ,आप्रवासीहरूका लागि ऋण जस्ता नवीन वित्तीय सेवाहरू प्रदान गर्न अग्रगामी रहेको छ । ‘बाइ नाउ पे लेटर’लगायत प्रिमियम निओ बैंकिङको सुविधासँगै, कम्पनीले वित्तीय सुविधाहरू सबैका लागि पहुँच योग्य बनाउने आफ्नो उद्देश्य रहेको बताएको छ ।















प्रतिक्रिया