२२ जेष्ठ २०८३, शुक्रबार

ब्लु क्रस हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल प्रालिमा विशेष छुट मिल्ने भएको छ ।

प्रभु बैंक र हस्पिटलबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

एक समारोहकाबीच ब्लु क्रस हस्पिटलका रजत श्रेष्ठ र प्रभु बैंकका बागमती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्रबाबु विष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ब्लु क्रस हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ओपिडि टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायतका सेवाहरुमा ५ प्रतिशतदेखि १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआरबाटसमेत भुक्तानी गर्न सक्नेछन् ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३”को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर रहेको छ । बैंकका  करिब ३१ लाख भन्दा बढी ग्राहकहरु छन् ।