३ श्रावण २०८३, आइतबार

नेप्सेमा दोहोरो अंकको गिरावट, ७ अर्बको कारोबार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । नेप्सेमा आज १३ अङ्कको गिरावट आएको छ । मंगलबार नेप्सेमा १३.०९ अङ्कको गिरावट आउँदा ओरालो २६३२.९४ विन्दुमा रोकिएको छ ।

आज ३२८ कम्पनिको कारोबार हुँदा एक करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४२१ को खरिद बिक्री भएको छ ।

नेप्सेकाअनुसार आज मानुषी लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको मूल्य सबैभन्दा बढी ८.८२ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी हाइड्रो इलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी २९ करोड ८१ लाख ५४ हजार ७७ बराबरको शेयर कारोबार भएको छ ।

 त्यस्तै, हाइड्रो इलेक्ट्रीसिटी इन्भेस्टमेन्टको नै सबैभन्दा बढी १६ लाख ६४ हजार ८५ कित्ता शेयर कारोबार भएको छ  ।