३१ आश्विन २०८३, शनिबार

काभा महिला भलिबलका लागि पुलिस क्लबको टोलीलाई बिदाइ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । नेपाल भलिबल संघले माल्दिभ्समा आयोजना हुने काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा भाग लिने नेपाल पुलिस क्लबको टोलीलाई बिदाइ गरेको छ ।

मंगलबार राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दलगायतले पुलिस टोलीलाई बिदाइ गर्नुभएको हो ।

नेपालको लिगको विजेताका रुपमा पुलिसले काभा क्लब च्याम्पियनसिपमा भाग लिन लागेको हो ।

च्याम्पियनसिपका लागि पुलिसले राष्ट्रिय टोलीका सदस्यसमेत रहेकी एपिएफकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ ।

भदौ ३० देखि असोज ५ गते सम्म हुने च्याम्पियनसिपका लागि टोली भोलि बिहीबार माल्दिभ्स जानेछ ।

सरस्वती, निरुता र सुमित्रासहित पुलिसका ४ खेलाडी उषा भण्डारी, पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ गत महिना काभा नेसन्स लिगको रजत पदक विजेता टोली रहेका थिए ।

पुलिसको भलिबल टोली

कमला पुन (कप्तान), उषा भण्डारी, पुनम चन्द, कामना विष्ट,शान्तिकला तामाङ, मनिषा चौधरी, सरस्वती चौधरी, निरुता ठगुन्ना , सुमित्रा रेग्मी , कोपिला राना, सरस्वती कटेल, लक्ष्मी चन्द

प्रशिक्षक – रुपेश विष्ट (मुख्य), सुशिला थापा (सहायक)

व्यवस्थापक – श्रवणकुमार झा, भरत कार्की