३१ आश्विन २०८३, शनिबार

नेपाल पुलिस क्लब महिला भलिबल टिमको मुख्य प्रायोजक सिप्रदी ट्रेडिङ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । सिप्रदी ट्रेडिङ प्रालि र नेपाल पुलिस क्लब महिला भलिबल टिमबीच माल्दिभ्सको मालेमा आयोजना हुन लागेको काभा महिला भलिबल क्लब च्याम्पियनसिप खेलका लागि मुख्य प्रायोजकको सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले हस्ताक्षर गर्नुभयो ।

काभा महिला भलिबल क्लब च्याम्पियनसिप २०२४, माल्दिभ्स भलिबल संघले यही २०२४ सेप्टेम्बर १५ तारिख देखि २१ तारिखसम्म आयोजना गर्न लागेको हो । खेलमा नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, भारत, इरान, काजकिस्तान, पाकिस्तान, श्रीलंका, ताजकिस्तान, तुर्कमिनिस्तान र उज्वेकिस्तान गरी १३ एसियाली वटा राष्ट्रका क्लबहरुले सहभागिता जनाउनेछन् ।