५ असार २०८३, शुक्रबार

नेपाली तयारी पोशाकलाई एनटीपीपी समावेश गर्न सरकारले पहल गर्नुपर्छः अध्यक्ष ढकाल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा अत्याधिक माग भएका नेपाली तयारी पोशाकलाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम  थप गर्न सरकारले पहल गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा उद्योग वाणिज्य महासंघद्वारा आयोजित नेपाल–अमेरिकामा व्यापारका सम्भावना र चुनौती विषय कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम (एनटीपीपी)मा समावेश ७७ वस्तुमा तयारी पोशाकलगायत अमेरिकामा अत्याधिक माग भएका वस्तु थप गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम (एनटीपीपी)अन्तर्गत विभिन्न ७७ प्रकारका नेपाली वस्तु अमेरिका निर्यात गर्दा शुन्य भन्सार महशुल सुविधा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले उक्त सूचीमा रहेका वस्तुहरु सोचे जस्तो नेपालबाट अमेरिका निर्यात गर्न नसकेकाले निर्यातको लागि बढी सम्भावना भएका तयारी पोसाकलगायतका थप वस्तुहरु (एनटीपीपी) समावेश गर्नको लागि सरकारले निजी क्षेत्रको सहकार्यमा पहल गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल अमेरिकाको दोस्रो कि ट्रेडर पाटर्नरको रुपमा रहेको छ । अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम (एनटीपीपी) अन्तर्गत विभिन्न ७७ प्रकारका नेपाली वस्तु अमेरिका निर्यात गर्दा शुन्य भन्सार महशुल सुविधा प्रदान गरेको छ । उक्त सूचीमा रहेका वस्तुहरु सोच जस्तो नेपालबाट अमेरिका निर्यात गर्न नसकेकाले निर्यातको लागि बढी सम्भवना भएका तयारी पोशाक लगायतका थप वस्तुहरु (एनटीपीपी)समावेश गर्नको लागि सरकारले निजी क्षेत्रको सहकार्यमा पहल गर्नु जरुरी छ ।’

उहाँले नेपाल र अमेरिकाबीच व्यापारमा चूनौतीहरु रहेको बताउँदै एनटीपीपीबाट नेपालले उच्च प्रतिफल लिन नसकेको दाबी गर्नुभयो । उहाँले एनटीपीपीको म्याद २०२५ डिसेम्बरमा सकिन लागेको भन्दै म्याद थपको लागि पहल गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले अल्पविकसितबाट विकासोन्मुख मुलुकमा २०२६ मा स्तरोन्नति हुँदा नेपाललाई हुने फाइदा र बेफाइदाका विषयमा छलफल गर्न आवश्यक देखिएको धारणा राख्नुभयो ।

‘एनटीपीपीको म्याद २०२५ डिसेम्बरमा सकिँदै छ । म्याद बढाएर ७७ वस्तुको सूचीलाई पुनरावलोकन गरी अमेरिकामा अत्याधिक माग भएका थप नेपाली वस्तुहरुलाई समावेश गर्नुपर्ने देखिन्छ । अल्पविकसितबाट विकासउन्मुख मुलुकमा २०२६ मा स्तरउन्नती हुँदा नेपाललाई हुने फाइदा र बेफाइदाका विषयमा छलफल गर्न आवश्यक छ । नेपालबाट निर्यात हुने वस्तु गलैँचा पहिलो नम्बरमा छ । तयारी पोशाकमा ७७ प्रतिशतबाट खुम्चिएर १४ प्रतिशतमा झरेको छ । नेपाली तयारी पोशाकको माग अमेरिकामा दिनप्रतिदिन बढ्दो छ ।’ उहाँले भन्नुभयो ।