
काठमाडौं, २३ भदौ । इन्दिरा आईभीएफ नेपाल आफ्नो असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी) सेवाहरूका लागि क्वालिटी एण्ड अक्रिडिटेसन इन्स्टिच्युट (क्यूएआई)बाट प्रतिष्ठित मान्यता प्राप्त गर्ने देशको पहिलो आईभीएफ क्लिनिक बनेको छ । यस ऐतिहासिक उपलब्धिले प्रजनन उपचारको क्षेत्रमा नयाँ बेन्चमार्क तय गर्दै नैतिक एवम् पारदर्शी प्रक्रियाहरूप्रति इन्दिरा आईभीएफको प्रतिबद्धतालाई बलियो बनाउने क्लिनिकले जनाएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने गरी उपचार सेवा उपलब्ध गराउने इन्दिरा आईभीएफ नेपालको समर्पणको प्रमाण स्वरूप क्यूएआई प्रमाणीकरण प्राप्त भएको हो । यसबाहेक यसले क्लिनिकको सफलता दरलाई बलियो बनाई उन्नत प्रजनन उपचारहरू प्रदान गर्ने प्रतिबद्धतालाई समेत उजागर गर्छ । बिरामीहरूको लागि यो मान्यता सुरक्षित, भरपर्दो र उन्नत प्रजनन उपचारको ग्यारेन्टी हो भने यसले इन्दिरा आईभीएफ नेपालमा उच्चस्तरको स्वास्थ्य सेवा प्राप्त हुन्छ भन्नेसमेत सुनिश्चित गर्दछ ।
यस उपलब्धिका बारेमा बोल्दै इन्दिरा आईभीएफ नेपालकि केन्द्र प्रमुख तथा आईभीएफ विशेषज्ञ डा. नेहा होमागाईँले भन्नुभयो, ‘इन्दिरा आईभीएफ नेपालमा हामीले सधै निजिकृत दृष्टिकोणको साथमा उच्चस्तरीय उपचार सेवालाई प्राथमिकता दिएका छौँ । हाम्रो ढोकाबाट प्रवेश गर्ने हरेक बिरामीले आफ्नो विशिष्ट आवश्यकता अनुरूप टप-नच केयरको अपेक्षा गर्न सक्छन् । बढ्दो जवाफदेहिता र विकसित नीतिहरूसँगै नेपालमा प्रजनन उपचारमा महत्त्वपूर्ण परिवर्तनहरू भइरहेका छन् । क्यूएआईको कठोर मापदण्डहरू पूरा गर्ने हाम्रो प्रयासले हामीलाई हाम्रा बिरामीहरूलाई इथिकल र पेसेन्ट-फर्स्ट शैलीमा उपचार गर्न सक्नेगरी सशक्त बनाएको छ ।’
क्वालिटी एण्ड एक्रिडिटेसन इन्स्टिच्युट (क्यूएआई)का प्रमुख कार्यकारी अधिकृत डा. बीके राणाले भन्नुभयो, ‘भारतको प्रख्यात र सबैभन्दा ठूलो आईभीएफ हस्पिटल चेन इन्दिरा आईभीएफले भर्खरै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ र अहिले यो नयाँ केन्द्र नेपालकै पहिलो आईभीएफरएआरटी केन्द्र भएको छ । क्यूएआईद्वारा प्राप्त यस मान्यताले उत्कृष्ट प्रजनन उपचारको लागि आफ्नो प्रतिबद्धता स्थापित गर्न अग्रसर इन्दिरा आईभीएफको लागि एक महत्वपूर्ण कोसेढुङ्गा हो । हामीलाई साइटमा पुगेर मूल्याङ्कन गर्ने क्रममा उहाँहरूले पुर्याउनु भएको सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । सकारात्मक मनोवृत्तिका साथ खुला रूपमा आफ्ना अनुभवहरू साट्दै बिरामीहरूको आवश्यकता बुझ्ने र तदनुरूप सहायता गर्ने क्यूएआई मान्यता प्राप्त इन्दिरा आईभीएफ नेपाललाई हामी उहाँहाँहरूको समर्पण, जोश र विशेषज्ञताको विशेष कदर र प्रशंसा गर्दछौँ ।’
क्वालिटी एण्ड अक्रिडिटेसन इन्स्टिच्युट (क्यूएआई)को एआरटी केन्द्र अक्रिडिटेसन कार्यक्रम एआरटी केन्द्रहरूका सेवाहरूमा गुणस्तर, सुरक्षा, विश्वसनीयता र पारदर्शिता ल्याउन विकसित गरिएको हो । यी मापदण्डहरू अद्वितीय र नेपालका साथै विश्वका धेरै भागहरूमा यस किसिमको पहिलो विशेषता मान्यताहरू हुन् । क्यूएआई मापदण्डहरू हेल्थ केयर एक्सटर्नल इभ्यालुएसन असोसियसनमा गुणस्तरको लागि अन्तर्राष्ट्रिय समाजका सिद्धान्तहरू प्रयोग गरी विकास गरिन्छ ।
अस्पताल वा क्लिनिकले आफ्ना बिरामीको अद्वितीय आवश्यकता र अपेक्षा अनुरूप अनुकूलित प्रक्रियाहरू स्थापना गरेको छ र सुधारका लागि निरन्तर निगरानी गरिनेछ भन्ने सुनिश्चित गरेर यी मापदण्डहरूले सुविधा र बिरामीहरूलाई एउटा रूपरेखा र मापनयोग्य प्रणाली प्रदान गर्दछन् । यसका साथै क्यूएआई मानकले उनीहरूको क्लिनिकल सेवाहरूलाई बलियो बनाउन डिजाइन गरिएका सीप र दक्षताहरू प्राप्त गर्न मात्र नभई संस्थाको कार्यसम्पादनमा पनि प्रभाव पार्ने अवसरको साथ स्वास्थ्य सेवा सुविधाहरू प्रदान गर्छ ।
जनमानसमा बाँझोपन बारेको बढ्दो चेतनासँगै नेपालमा आईभीएफ क्षेत्र तीव्र गतिमा विकसित हुँदैछ । प्रजनन उपचार खोज्ने बिरामीहरूमा विश्वास र भरोसा जगाउने गरी आफ्ना अत्याधुनिक सुविधा र अनुभवी विशेषज्ञहरूको टोलीका साथ नयाँ बेन्चमार्कहरू सेट गर्दै इन्दिरा आईभीएफ नेपाल यस परिवर्तनको अग्रपंक्तिमा छ ।









प्रतिक्रिया