२७ जेष्ठ २०८३, बुधबार

नेपाली बजारमा भित्रियो जर्मन वाच ब्राण्ड नोमोस

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा आधिकारिक रुपमा भित्रिएको छ ।

५२ वर्ष अगाडि नेपालमा लक्जरी स्विस वाच आयात तथा बिक्री वितरणबाट आफूलाई स्थापित तुल्याएको स्विस टाइमपिसेस् नेपाल प्रालिले नोमसलाई भदौ १५ गते एक औपचारिक समारोह आयोजना गरी लन्च गरेको हो । स्विच टाइमपिसेस् नेपालको दरबारमार्ग स्थित बिक्रीकक्षबाट नोमोसको बिक्री तथा बिक्री पश्चातको सेवाको शुभारम्भ गरिएको हो ।

सन् १९९० मा जर्मनीको ग्लासहुटमा स्थापना गरिएको नोमोसले म्यानुअल वाइण्डिङ् र अटोमेटिक मेकानिकल वाच उत्पादनमा आफूलाई विशिष्टकृत गरेको छ । डिजाइनमा सिम्प्लिसिटी र एलिगेन्स भएका नोमस वाच मिनिमलिस्ट वाच डिजाइनका रुपमा संसारभर ख्याति पाउन सफल भएका छन् । प्रिसाइज्ड टाइम किपिङ्का लागि चिनिएको नोमोस वाच कलेक्टरहरुले सर्वाधिक रुपमा आफ्नो कलेक्सनमा राख्न रुचाउने मध्येको एक ब्राण्ड हो । स्विजरल्याण्ड भन्दा बाहिर रहेर वाच मेकिङ्मा ठूलो सफलता हाँसिल गर्ने थोरै ब्राण्ड मध्येको नोमसलाई जर्मनी र विश्व भरनै सम्मानपूर्वक हेरिने गरिन्छ ।

‘नेपाली वाच कलेक्टरहरुले लामो समयदेखी प्रतिक्षा गरेको नोमस नेपाली बजारमा भित्र्याउन पाँउदा हामी निक्कै हर्षित भएका छौँ ।’ नेपाली बजारमा नोमसलाई आधिकारीक रुपमा लन्च गर्दै स्विस टाइमपिसेस् नेपालका अध्यक्ष शम्भु दयाल झुनझुवाला भन्नुहुन्छ, ‘यो आधुनिक पुस्ताले मन पराउने ब्राण्ड र डिजाइन हो । नोमसले आफ्नो ऐतिहासिक महत्व कायम गर्दै डिजाइनमा आधुनिकता ल्याएको छ । नोमस वाच कलेक्टरहरुले खुब मन पराउँछन् ।’

अध्यक्ष शम्भुले सुरु गर्नुभएको स्विस टाइमपिसेस् नेपालले आज कार्यकारी निर्देशकको रुपमा तेस्रो पुस्तामा पुस्तान्तरण भइसकेको छ । तीन पुस्ताले सम्हालेको स्विस टाइमपिसेस् नेपालले विश्वभरका एक दर्जन प्रिमियम लक्जरी वाच ब्राण्डलाई नेपाली बजारमा आयात तथा बिक्री वितरण गर्दै आएको छ । दरबारमार्गमा रहेको स्विस टाइमपिसेस् नेपालको मल्टिब्राण्ड सोरुमबाट ग्राण्ड सिको, ओरिस, टिटोनी, सिगा डिजाइन, फेड्रिक कन्स्ट्यान्ट जस्ता प्रिमियम लक्जरी वाच ब्राण्डको बिक्री वितरण गर्दै आएको छ ।

नेपाली बजारमा ५२ वर्षदेखि अनवरत रुपमा विभिन्न ब्राण्डका लक्जरी वाचहरुको बिक्री वितरण गर्ने स्विस टाइमपिसेस् नेपालले आफ्ना ग्राहकलाई दिँदै आएको अतुलनीय बिक्री पश्चातको सेवा प्रदान गर्दै आएको छ । लक्जरी वाचको खरिद बिक्री, लक्जरी वाचका सन्दर्भमा परामर्श तथा कलेक्टरहरुबीच रहेका जिज्ञासाहरुको समाधानमा देखाएको तत्परताले स्विस टाइमपिसेस् नेपाल आज नेपाली वाच बजारमा विश्वासनीय नाउँ बन्न सफल भएको हो ।