३ श्रावण २०८३, आइतबार

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आइतबार सुन तोलाको १२ सयले घटेर एक लाख ५२ हजार एक सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।