१९ असार २०८३, शुक्रबार

एनसेलले ल्यायो नयाँ टिकटक प्याक, सधै अनको प्याकेजमा निःशुल्क चलाउन सकिने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । एनसेलका सबै ग्राहकहरुले अब मजाले टिकटक चलाउन सक्छन् । एनसेलले आज शुक्रबारबाट टिकटक प्याक सञ्चालनमा ल्याएको छ । साथै, सबै सधै अनका प्याकहरुमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरेको छ ।

ग्राहकहरुले करसहित मात्र १७५ रुपैयाँमा सात दिन सम्ममा अनलिमिटेड टिकटक चलाउन पाउँछन् । त्यतिमात्र नभई यसमा अन्य प्रयोजनका लागि ग्राहकले इन्टरनेट प्रयोग गर्न २ जीबी डेटा पनि प्राप्त गर्दछन् ।

सरकारबाट टिकटकको प्रयोग/पहुँचमा लगाइएको रोक हटेसँगै एनसेलले प्रदान गर्दै आएको सधै अनका सबै प्याकहरुमा निःशुल्क पाइने सोसल मिडिया डेटामा पनि टिकटक थपिएको हो । यसको मतलब अब सधै अन प्याकहरुमा ग्राहकले फेसबुक, इन्स्टाग्राम र युट्युबका साथसाथै टिकटक पनि निःशुल्क रुपमा आउने डेटाबाट चलाउन पाउँछन् ।

‘नेपालमा औद्यी मन पराइएको सामाजिक सञ्चाल टिकटकमा लगाईएको रोक हटाईनु दूरसञ्चार क्षेत्र र ग्राहकहरु सबैका लागि स्वागत योग्य छ र यसका लागि हामी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई धन्यवाद दिन चाहन्छौँ ।’ एनसेलका चिफ कमर्शीयल अफिसर उमेर मोहसीनले भन्नुभयो, ‘हामीले आजैबाट लागु हुनेगरी सुलभ दरमा टिकटकमा पहुँच दिने टिकटक प्याक ल्याएका छौँ र साथै, सधै अन प्याकका सोसल मिडिया डेटामा टिकटक पनि समेटेका छौँ । यसले हाम्रा ग्राहकवर्गलाई टिकटकको पहुँच अझै सहज हुने विश्वास लिएका छौँ ।’

एनसेलले सधै अन योजनाअन्तर्गत बेसिक, बेस्ट र अनलिमिटेड गरी तीन प्रकारका प्याकहरु प्रदान गर्दै आएको छ । बेसिकमा सात दिन समयसीमा रहेको सधै अन प्याकमा ग्राहकहरुले अन्य बन्डल सेवाहरु बाहेका १ जीबी निःशुल्क सोसल मिडिया प्याक पाउँदै आएका छन् ।

त्यसैगरी, सधै अनको २८ दिने बेस्टअन्तर्गतका प्याकहरुमा प्याकअनुसार ४ जीबी, ५ जीबी र ६ जीबी निःशुल्क सोसल मिडिया डेटा पाउँदै आएका छन् । सधै अन अनलिमिटेड प्याकहरुअन्तर्गत २८ दिन समयसीमा भएको ८ जीबी, १० जीबी र १५ जीबी निःशुल्क सोसल मिडिया डेटा पाइन्छ । यसरी पाइने निःशुल्क सोसल मिडिया डेटाबाट अब टिकटक पनि प्रयोग गर्न सकिन्छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८१/०५/०६ गतेको बैठकबाट टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएको थियो । यो निर्णय पश्चात नेपाल दूरसञ्चार प्राधिकरणले आज शुक्रबार एक सार्वजनिक सूचना प्रकाशित गरेर सबै मोबाइल सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई टिकटकमाथिको रोक हटाउन निर्देशन दिइसकेको छ ।