७ श्रावण २०८३, बिहिबार

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार सुन तोलाको १३ सयले बढेर एक लाख ५३ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार सुनको मूल्य १ लाख ५२ हजारमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ३० रुपैयाँले बढेर १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।