१ श्रावण २०८३, शुक्रबार

मेसीबिना चिलीमाथि अर्जेन्टिनाको सहज जित

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । दक्षिण अमेरिकी विश्वकप छनौटअन्तर्गत अर्जेन्टिनाले चिलीलाई पराजित गरेको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक अलिस्टर, जुलियन अल्भारेज र पाउलो डिबालाले एकएक गोल गरेका थिए । अर्जेन्टिनाको यस खेलमा लियोनेल मेसी भने इन्जुरीका कारण टिम बाहिर रहेका छन् ।

यो जितपछि अर्जेन्टिनाको ७ खेलमा छैठौं जित हासिल गर्दै १८ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै, चिलीको भने यो ७ खेलमा चौथो हार हो । चिलीको ७ खेलमा ५ अंक मात्र रहेको छ र नवौं स्थानमा रहेको छ ।