
काठमाडौं, २१ भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि पूजा तथा दर्शन गर्ने भक्तजनहरुको घुइँचो लागेको छ ।

भक्तजनहरुले झरीको प्रवाह नगरी तीज मनाइरहेका छन् । भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा छाता ओढ्दै पूजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ ।

दर्शनार्थीहरुको सहजताका लागि मन्दिरका चारवटै ढोका खुला गरिएका छन् । मन्दिर प्रवेश गर्न चारवटा लाइन व्यवस्था गरिएको छ ।









प्रतिक्रिया