४ असार २०८३, बिहिबार

तीजको रौनकमा प्रधानमन्त्री ओलीद्वारा बाल्यकालको स्मरण

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज हरितालिका तीजका अवसरमा सबै नेपाली दिदीबहिनीहरूलाई हरितालिका तीजको शुभकामना दिनुभएको छ । उहाँले आफ्नो बाल्यकालको स्मरण गर्नुहुँदै तीजको महत्व र यसको सामाजिक पक्षलाई उजागर गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार बिहान फेसबुकमा लेख्नुभएको छ, ‘आज देशैभर तीजको रौनक छ । बाल्यकालमा तीजमा आमाहरु, दिदीबहिनीहरू जम्मा भएर रमाएको खूब मन पर्थ्यो ।’

प्रधानमन्त्री ओलीले त्यस समयको यातायात र सञ्चार साधनको अभावमा तीज दिदीबहिनीहरू भेट हुने एक मात्र अवसर भएको स्मरण गर्नुभयो । आफ्नो बाल्यकालको अनुभव साझा गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘त्यसबेला तीज सकिएपछि हामी केटाकेटीहरु दशैं आउने दिन गन्न थाल्थ्यौँ ।’

प्रधानमन्त्री ओलीले सबै दिदीबहिनीहरूलाई तीजको शुभकामना दिँदै भन्नुभयो, ‘दिदीबहिनीहरू, तपाईंहरुको तीज रमाइलो रहोस्, स्वस्थ्य राम्रो रहोस्, तीजको शुभकामना !!’