६ असार २०८३, शनिबार

बर्दियामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, २१ भदौ । बर्दियामा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

बिहीबार गुलरिया नगरपालिका–३ भगवती टोलकी एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ भने सोही नगरपालिका–११ बान्धुपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।

टायल बनाउन प्रयोग गरिने पोखरीमा डुबेर चार वर्षीया बालिका दीक्षा यादवको मृत्यु भएको र करेन्ट लागेर घाइते भएकी २१ वर्षीया अस्मिन गद्दीको उपचारका क्रममा मृत्यु भएको बर्दिया जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।