२६ जेष्ठ २०८३, मंगलबार

नेपाल लाइफको मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको सातवटै प्रदेशमा मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माद्वारा कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको लालगढ, बागमती प्रदेशको काठमाडौँ र नारायणघाट, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित कार्यक्रममा करिव पाँचहजार भन्दा बढी एजेन्सी तथा एजेन्सी म्यानेजरहरूको उपस्थिति रहेको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा नेसनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी तथा पोलिसी सर्भिसिङ प्रमुख सुनिता पोखरेल, प्रदेशका प्रादेशिक प्रमुखहरु, शाखा तथा उपशाखाका प्रमुखहरू, पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसी तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीको उपस्थिति रहेको थियो ।

असोज २०८० र वैशाख २०८१ को मासिक अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत आयोजना गरिएको मोटिभेसनल तालिम कार्यक्रममा भारतको दिल्लीबाट आउनुभएका अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माले जीवन बीमा बजारीकरणका लागि चाहिने आवश्यक सिपको बारेमा प्रकाश पार्नुभएको थियो । मानिसको जीवनमा जीवन बीमा एक आधारभूत आवश्यकता भएपनि मानिसले यसको महत्व नबुझेका कारण बीमालाई बजारीकरण गर्न गाह्रो भएको र यस अवस्थामा अभिकर्ताहरूले बीमाको महत्वमाथि प्रकाश पार्न सके बीमा बजारमा धेरै नै सम्भावनाहरू रहेको हुँदा चुनौतीलाई अवसरमा परिणत गर्दै अगाडि बढ्नका लागि उत्पे्ररणा प्रदान गर्नुभयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले मासिक अभिकर्ता प्रोत्साहन योजनाबाट छनोट भएर कार्यक्रममा आउनु भएका बीमा अभिकर्ताहरुलाई स्वागत तथा बधाई ज्ञापन गर्नुभयो । कार्यक्रममा कम्पनीले निर्धारण गरेको लक्ष्यलाई प्राप्त गर्दै नेपाल लाइफ ताराका लागि योग्य हुनुभएका ३१४ जना एजेन्सी तथा एजेन्सी म्यानेजरहरूलाई सम्मान गरिएको थियो । यसका साथ साथै कम्पनीले हरेक प्रदेशमा प्रथम द्वितीय र तृतीय हुने एजेन्सी तथा एजेन्सी म्यानेजरहरूलाई प्रमाणपत्र सहित सम्मान गरिएको जानकारी दिइएको छ ।