२० असार २०८३, शनिबार

डीडीसीलाई ६० करोड ऋण स्वीकृत

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । सरकारले दुग्ध विकास संस्थानलाई दिने भनिएको ६० करोड रुपैयाँ ऋण भुक्तानी स्वीकृत भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले दुग्ध किसानलाई दूधको रकम दिनका लागि डीडीसीलाई ६० करोड तत्काल उपलब्ध गराउने निर्णय स्वीकृत गरेको हो ।

आर्थिक वर्ष २०८१/०८२ मा दुग्ध विकास संस्थानको कच्चा दुधको आपूर्तिकर्ता दुग्ध किसानहरुलाई भुक्तानी गर्न बाँकी रकम भुक्तानी दिने प्रयोयोजनार्थ नगद प्रवाह व्यवस्थापन गर्नेगरी प्रविधि सुधार तथा व्यवसाय बिस्तार गर्न अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृत दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।