५ असार २०८३, शुक्रबार

४९२ जना कैदीको कैद मिनाह गर्ने तयारी, उजुरी दिन आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । सरकारले ४९२ जना कैदीबन्दीको कैद मिनाहको सिफारिस गरेको छ ।

संविधान दिवसको अवसरमा सरकारले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम ५० प्रतिशत कैद भुक्तान गरेका ४१९ जना, जेष्ठ नागरिक ऐन, २०६३ को दफा १२ को व्यवस्था बमोजिम कैद भुक्तान गरेका २ जना र बारदात हुँदाको तत्काल प्रचलित कानुन आकर्षित हुने भनी सर्वोच्च अदालतबाट आदेश भएको २०७५ भदौ १ गतेभन्दा पहिलाको बारदात भई ४० प्रतिशत कैद भुक्तान गरेका ७१ जना गरी ४ सय ९२ जनाको कैद मिनाहको सिफारिस गरेको हो ।

कारागार व्यवस्थापन विभागले कैद मिनाहको सिफारिसमा परेकाहरुको सूची सार्वजनिक गर्दै कुनै उजुरी वा गुनासो भए सूचना प्रकाशित भएको ७ दिनभित्र प्रमाणसहित विभागमा उपस्थित भई वा ईमेल ([email protected])  मार्फत उजुरी दर्ता गराउन भनेको छ ।