२३ असार २०८३, मंगलबार

गोल्याण ग्रुपको स्पष्टोक्ति- लेकाली कोर्पसँगको सम्बन्धको हल्ला भ्रमपूर्ण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । नेपालको एक व्यवसायिक घराना गोल्याण समूहले लेकाली कोर्पसँग सम्बन्ध रहेको भन्दै प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ ।

गोल्याण समूहले विज्ञप्ति जारी गर्दै चलेको हल्ला असत्य र भ्रमपूर्ण रहेको स्पष्ट पारेको हो । लेकाली कोर्पसँग नाम जोडेर समाचारप्रति आपत्ति जनाउँदै गोल्याण समूहले कोर्पसँग कुनै पनि तवरले, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सम्बन्ध तथा सरोकार नरहेकोको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘गोल्याण ग्रुप, ग्रुपअन्तर्गतका कम्पनीहरू, सञ्जाल कम्पनीहरू र सम्बन्धित सञ्चालकहरूको समेत लेकाली कोर्पसँग कुनै पनि किसिमको सम्बन्ध वा सम्बद्धता छैन ।’

कम्पनीले यसरी कुनै तवरले गोल्याण ग्रुपको लेकाली कोर्पसँग सम्बन्ध नै नहुँदा पनि नाम जोडेर प्रकाशित भ्रामक समाचारका कारण गोल्याण ग्रुपको प्रतिष्ठा, मर्यादा र ख्यातीमा ठूलो नकारात्मक प्रभाव पार्नसक्ने चिन्ता व्यक्त गरेको छ ।

‘उचित अध्ययन, अनुसन्धान तथा आधार बिना लेखिएका कुराहरुले आफूहरुको संस्था र लेकाली कोर्पको गलत तरिकाले नाम जोड्ने कुराले दुवैको व्यावसायिक क्रियाकलाप र सम्बन्धलाई असर पुर्याउन सक्छ’, विज्ञप्तिमा भनिएको छ ।

झुटो समाचारले पत्रकारिताका अखंडता र मानकहरूलाई समेत कमजोर बनाउने गोल्याण समूहको धारणा छ । समूहले गल्ती सच्याउन पनि सम्वन्धित पक्षलाई आग्रह गरेको हो ।