९ असार २०८३, मंगलबार

अब बालेनले कार्यकक्षबाटै ल्याण्डफिल साइटको निगरानी गर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । उपत्यकाको फोहोर विर्सजन गर्ने नुवाकोटस्थित ल्याण्डफिल साइटको निगरानी हुने भएको छ ।

काठमाडौं महानगरपालिकाले कार्यालयबाटै ल्याण्डफिल साइटको निगरानी गर्ने गर्ने भएको हो । ल्याण्डफिल साइटको अनधिकृत क्रियाकलाप रोक्न सीसीटिभी क्यामेरा जडान गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारका अनुसार स्वचालित प्रणाली बढाएर संस्थागत सुदृढीकरण गर्ने क्रममा ल्याण्डफिल साइटमा अत्याधुनिक सीसीटीभीक्यामरा जडान गरिएको हो ।

क्यामराबाट प्राप्त दृश्यहरू प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निगरानी हुनेछ । यससँगै वातावरण व्यवस्थापन विभागमा पनि दृश्य हेर्न सकिने बनाइएको छ ।

साइट व्यवस्थापनको काममा खटिएका जनशक्ति, कार्यालय, साइटमा पुग्ने सडक, सुरक्षा वुथ देखिने गरी क्यामरा राखिएका छन् । पछिल्लो समयमा जडान गरिएका क्यामरा अटोमेटिक नम्बर प्लेट रिकोग्निजेसन (एएनपिआर) क्यामरा हुन् । यसबाट भिडियोको आवाज पनि सुन्न सकिन्छ