२२ असार २०८३, सोमबार

सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदीको मूल्य

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

बिहीबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार, मंगलबार र बुधबार पनि सुनको मूल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलाको १० रुपैयाँले बढेर १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।