शुक्रबार, ४ असोज २०८१
DainikNepal.com
शुक्रबार, ४ असोज २०८१

निर्मला प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुन्छ : गृहमन्त्री

दैनिक नेपाल २०८१ भदौ २० गते १०:३९

कञ्चनपुर, २० भदौ । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने बताउनुभएको छ ।

बिहीबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्ममेलनमा बोल्दै उहाँले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताउनुभयो । ‘यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु । यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ ।’ उहाँले भन्नुभयो ।

त्यसैगरी, पत्रकार सम्मेलनमा उहाँले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने बताउनुभयो । ‘कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ ।’ उहाँले भन्नुभयो, ‘निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ यसले चीनसंग जोड्छ ।’

उहाँले दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताउनुभयो । ‘दुईतीन महिनाभित्रै सुख्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान गर्छ ।’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘छिट्टै सुख्खा बन्दरगाहको काम अघि बढ्ने छ ।’

पत्रकार सम्मेलनमा उहाँले संसदमा भएका दुई ठूला दलहरु बीच सहमति भएर नयाँ राजनितिक समीकरण बनेकोले बताउँदै सहमति कार्यान्वयनमा शंका नगर्न आग्रह गर्नुभयो । ‘दुई दल बिच सात वुदे सहमति भएर सरकार निमार्ण भएको छ ।’ उहाँले भन्नुभयो, ‘यो गठबन्धन आगामी चुनावसम्मै जान्छ यसमा ढुक्क हुनुस् ।’

तीनदिने भ्रमणमा गृहजिल्ला पुग्नुभएका मन्त्री लेखकले कञ्चनपुरमा दुईवटा प्रहरीका भवन उद्घाटन गर्नुभएको छ । त्यसैगरी, उहाँले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित