१ असार २०८३, सोमबार

नैतिकहीन, चरित्रहीन, आचरणहीन कुरालाई पार्टीले सहँदैन : प्रधानमन्त्री ओली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नैतिकहीन कुरालाई पार्टीले नसहने स्पष्ट पार्नुभएको छ ।

आज पोलिट्ब्यूरो बैठकको समापन गर्नुहुँदै उहाँले नैतिकहीन, चरित्रहीन, आचरणहीन कुरालाई पार्टीले कुनै हालतमा नसहने बताउनु भएको हो । पोलिट्ब्यूरो सदस्यहरूले पार्टीमा अनुशासनहीनता बढ्नुका साथै नैतिक आचरणमा प्रश्न उठ्न थालेको विषय उठाएपछि प्रधानमन्त्रीले नैतिकहीन र चरित्रहीन गतिविधीमा छुट नदिने बताउनुभयो ।

पार्टी ढल बन्न नसक्ने र त्यस्ता नेता-कार्यकर्तालाई राजनीति कि इन्जोय रोज्न अध्यक्ष ओलीले स्पष्ट निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीको भनाइ उदृृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भन्नुभयो, ‘एमाले यस्ता विषयमा प्रष्ट छ । अध्यक्षले प्रष्टसँग राजनीति गर्ने कि इन्जोय गर्ने ? एउटा विकल्प रोज्न भन्नुभएको छ । अनुशासनहीन र चरित्रहीन गतिविधिमा कसैलाई छुट छैन,’ ।

ओलीले निर्वाचनमा आफ्नो नीति तथा कार्यक्रमका आधारमा हिजो पनि एक्लै लडेको र भोलि पनि लड्ने निर्णय भएको गौतमले जानकारी दिनुभयो । तत्काल कुनै पनि पार्टीसँग वामपन्थी एकता नहुने उहाँले स्पष्ट पार्नुभयो ।