शुक्रबार, ४ असोज २०८१
DainikNepal.com
शुक्रबार, ४ असोज २०८१

गोल्याण पावर लिमिटेड र प्रोजिल ग्रिन इनर्जीबीच सम्झौतामा हस्ताक्षर

दैनिक नेपाल २०८१ भदौ १९ गते १४:०१

काठमाडौं, १९ भदौ । गोल्याण पावर लिमिटेड र प्रोजिल ग्रिन इनर्जी लिमिटेडबीच उपक्रम सम्झौतामा हस्ताक्षर भएको छ ।

गोल्याण पावर लिमिटेड र प्रोजिल ग्रिन इनर्जी लिमिटेडबीच हिजो (मंगलबार) संयुक्त उपक्रम सम्झौता (जोइन्ट भेन्चर अग्रिमेन्ट) मा हस्ताक्षर भएको हो ।

सम्झौतामा गोल्याण पावर लिमिटेडका निर्देशक अक्षय गोल्याण र प्रोजिल ग्रिन इनर्जी लिमिटेडका निर्देशक शोवित बैजनाथ रायले हस्ताक्षर गर्नुभएको छ ।

यो रणनीतिक साझेदारीले दिगो ऊर्जा प्रवर्द्धन गर्ने र ऊर्जा क्षेत्रमा संयुक्त विशेषज्ञतालाई उपयोग गर्ने साझा प्रतिबद्धताको महत्त्वपूर्ण उपलब्धि प्रतिनिधित्व गर्ने विश्वास लिइएको छ । सम्झौताले हरित भविष्यको साझा दृष्टिकोणलाई पनि जोड दिएको कम्पनीले बताएको छ ।

हस्ताक्षर समारोहमा गोल्याण ग्रुपका प्रमुख वित्तीय अधिकृत (सीएफओ) संजय साह र गोल्याण ग्रुपको ऊर्जा व्यवसायका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण अर्यालसहित दुवै कम्पनीका प्रमुख कार्यकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित