१८ असार २०८३, बिहिबार

एमाले २०८४ को निर्वाचनमा एक्लै लड्छ : प्रधानमन्त्री

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनमा एमाले एक्लै निर्वाचन लड्ने बताउनु भएको छ ।

आजबाट सुरू भएको पार्टी पोलिट्ब्यूरो बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले २०८४ को निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने प्रस्ट पार्नुभएको हो।

‘नेकपा एमाले २०८४ को निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन। एक्लै लड्छ। बरु त्यसपछि नतिजाका आधारमा सरकार बनाउन तालमेल गर्न सकिन्छ’, बैठकमा ओलीले गरेको ब्रिफिङ उधृत गर्दै एक पोलिटब्युरो सदस्यले भन्नुभयो,‘ त्यसका लागि शक्ति निर्माण गर्न आजैदेखि लाग्नुपर्छ।’

उहाँले मिसन ०८४ को तयारी गर्न पनि नेताहरूलाई निर्देशन दिनुभयो। त्यसका लागि पार्टीका राजनीतिक सांगठानिक कामलाई चुस्त दुरुस्त बनाउन र कार्ययोजना बनाएर कार्यान्वयनमा लैजान सक्नुपर्ने ओलीको भनाइ थियो।

‘संगठनहरु चुस्त दुरुस्त हुनुपर्‍यो, प्रदेश कमिटीहरू राम्रोसँग चल्न सकेका छैनन्, माथिको आदेश कुरेर बसेर मात्रै हुँदैन’, ओलीले भन्नुभयो, ‘ग्राउण्डमा योजना बनाएर अघि बढ्नुपर्‍यो र बनेका योजनाहरू कार्यान्वयनमा लैजानुपर्‍यो।’