२७ जेष्ठ २०८३, बुधबार

सहकारी छानबिन समितिको म्याद थपियो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशिष समितिको म्याद थप भएको छ ।

प्रतिनिधिसभा बैठकबाट १५ दिन म्याद थप भएको हो । प्रतिनिधिसभा बैठकमा समिति सभापति सूर्यबहादुर थापाले समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

उक्त प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको हो ।