
काठमाडौं, १८ भदौ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा आउने तयारी सुरू भइसकेको बताउनु भएको छ ।
आज संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्नुहुँदै उहाँले मोदीले नेपाल भ्रमणको समय मिलाउन टीमलाई निर्देशन दिइसक्नु भएको बताउनुभएको हो ।
‘भारत भ्रमणको क्रममा मैले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको तर्फबाट भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूलाई व्यक्त गर्नु भएको न्यानो अभिवादन शुभकामना प्रवाह गर्नुका साथै नेपालको राजकीय भ्रमणका लागि उहाँले दिनु भएको नियन्त्रणालाई पनि औपचारिक रुपमा हस्तान्तरण गरेँ। र, त्यसको उहाँले सहर्ष स्वीकार गरेर आफ्नो टिमलाई भ्रमणको एउटा टाइम बनाउनु भनेर त्यही बेलामा आदेश पनि गर्नु भएको थियो,’ उहाँले भन्नुभयो ।
मोदीसँगको शिष्टाचार भेटमा दुई मुलुकबीचको आपसी सम्बन्धलाई अझै उचाईमा पुर्याउने विषयमा जोड दिएको उहाँले जानकारी दिनुभयो ।












प्रतिक्रिया