
काठमाडौं, १८ भदौ । नेकपा (एमाले) को पोलिटब्युरो बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरू भएको हो ।
बैठकमा पार्टीको वार्षिक कार्ययोजना, समसामयिक राजनीतिक परिस्थिति, सरकारको समीक्षालगायत विषयमा छलफल हुने बताइएको छ । यस्तै, भोलिसम्म चल्ने बैठकमा केन्द्रीय सचिवालयले तयार पारेको २०८४ सालसम्मको पार्टी कार्ययोजनाबारे विस्तृत छलफल हुने पनि जानकारी दिइएको छ ।
साथै बैठकले कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन, सदस्यता र सङ्गठन विस्तार अभियान समेटिएका छन् ।
एमालेले यसअघि केन्द्रीय कमिटी बैठकबाट २०८१ भरि सङ्गठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरिसकेको छ ।









प्रतिक्रिया