२४ जेष्ठ २०८३, आइतबार

मेयर बालेनसँग उपमेयर सुनिता असन्तुष्ट

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन साहप्रति असन्तुष्ट व्यक्त गर्नु भएको छ ।

आजको कार्यपालिका बैठकमा उपमेयरले बालेको कार्यशैलीप्रति असन्तुष्टि जनाउनु भएको हो । सुनिताले नदी किनारामा २० मिटर छोड्नुपर्ने मापदण्डमा बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘भर्खरै पनि प्रमुखजीले भनिसक्नुभएको छ, हामीले सुसूचित गराउन खोजेका हौं भनेर। सुसूचित गराउँदा पनि सूचनामा कसरी लेखिएको छ भन्ने कुरा भर पर्छ। एउटा शब्दलाई खेल्ने धेरै ठाउँहरू हुन्छन्। प्रमुखस्तरीय निर्णयअनुसार सूचना प्रकाशित गरिएको छ भनेर लेखिएको छ। कार्यालय र वडामा धेरै जनता जान थालिसक्नुभएको छ । यस्तो संवेदनशील कुरा छ, यति धेरै जनतासँग जोडिएको विषय छ। बोर्ड बैठक बसेर छलफल नगरी प्रमुखस्तरीय निर्णय भनेर सूचना जाने ? यो राम्रो पद्धती हुँदै होइन । अदालतले गर्ने निर्णय सधैं जनताको पक्षमा हुन्छ भन्ने पनि छैन। चित्त नबुझे अर्को कानुनी बाटो छ। हामी पो पुनरवलोकनमा जाने कि भनेर सूचना दिनुअघि नै छलफल पो गर्नुपर्थ्यो कि !’।